
रिपोर्टर्स क्लबमा मंगलबार मन्त्री भट्टले मुल्य बृद्धि सरकारको बाध्यता भएको भन्दै सबै दलले पेट्रोलियम पदार्थको बढेको मुल्य फिर्ता गर्न सहमति गरे मात्र मुल्य घट्ने स्पष्ट पारे ।
उनले आफुले मंगलबारै प्रधानमन्त्रीसँग छलफल गरेको जानकारी दिंदै प्रधानमन्त्रीले सहुलियत कसरी दिने भन्ने कार्ययोजना ल्याउन आफूलाई निर्देशन दिएको र आफू कार्ययोजना निर्माणमा लागेको बताए ।
‘सहुलियतको कार्ययोजनामा भोली प्रधानमन्त्रीले सबै दलसँग छलफल गरेर सहमति गरेपछि कार्यान्वयन हुन्छ’ उनले भने, ‘बढेको मुल्य भने घट्दैन ।’
मन्त्री भट्टले एलपी ग्याँसमा जनतालाई राहत दिन र कृतिम अभाव कम गर्न सरकारले ब्यापारिक प्रयोजनका लागि २ महिनाभित्र १९ किलोको छुट्टै सिलिण्डर र जनताको लागि अहिले भएकै सिलिण्डर उपलब्ध गराउनेगरी काम भईरहेको जानकारी दिदै मुल्यबृद्धि रोक्न सरकारले विभिन्न विकल्पमा काम गरिरहेको बताए ।
सोही कार्यक्रममा आन्दोलनरत विद्यार्थी संगठनका नेताहरुले भने मुल्यबृद्धि नघटेसम्म आन्दोलन फिर्ता नलिईने बताएका छन् ।
अनेरास्ववीयूका अध्यक्ष माधव ढुङगेल, अनेरास्वीयू क्रान्तिकारीका अध्यक्ष हिमाल शर्मालगायतले मुल्य फिर्ता नभएसम्म आन्दोलन जारी रहने बताएका हुन् ।



