भिडियोमा पेट्रोलियम पदार्थको भाउ बढेको विरोधमा विद्यार्थी संगठनहरुद्धारा मसाल जुलुस प्रदर्शन




काठमाडौँ – पेट्रोलियम पदार्थको भाउ बढेको विरोधमा आन्दोलनरत १३ विद्यार्थी संगठनहरुले मंगलवार साँझ मसाल जुलुस प्रदर्शन गरेका छन्।

 

सरकारले पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ, डिजेल र मट्टितेलमा ९/९ रुपैयाँ र खाना पकाउने एलपी ग्याँसमा प्रति सिलिन्डर १ सय ७५ रुपैयाँका दरले मूल्यवृद्धि गरेपछि १३ विद्यार्थी संगठनले संयुक्त आन्दोलनको घोषणा गरेका हुन्। आन्दोलनको कार्यक्रम अनुसार आज उनीहरुले देशव्यापी मसाल जुलुस प्रदर्शन गरेका हुन्।

आन्दोलनमा प्रमुख प्रतिपक्षी दल नेपाली कङ्ग्रेसको विद्यार्थी संगठन नेविसंघ, एमालेको अखिलसहित प्रधानमन्त्रीको दल एनेकपा माओवादीको अखिल क्रान्तिकारी पनि सहभागी छ।

विद्यार्थीहरुको आन्दोलनलाई प्रधानमन्त्रीको दलको युवा संगठन वाईसीएल, एमालेको युवा संघ, नेपाली कङ्ग्रेसको तरुण दल र मधेसी दलको तराई लोकतान्त्रिक युवा फ्रन्टलगायतले पनि साथ दिएका छन्।

आन्दोलनरत युवा र विद्यार्थीहरुले मूल्य नघटाएसम्म वार्तामा नबस्ने अडान राखेका छन्।

 


– नागरिक