पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध चर्किएपछि सरकार त्यसबारे गम्भीर, विद्यार्थीद्धारा नयाँ कार्यक्रम घोषणा गर्ने चेतावनी

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध चर्किएपछि सरकार त्यसबारे गम्भीर भएको बताइएको छ, तर विरोध साम्य पार्ने ठोस निर्णय सार्वजनिक भएको छैन।

 

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता हुनु पर्ने मागका साथ विभिन्न राजनीतिक दल सम्बद्ध युवा तथा विद्यार्थीहरुले विरोध चर्काएपनि सरकारले बुधबारसम्म त्यस विषयमा कुनै निर्णय गरिसकेको थिएन।

मूल्यवृद्धिको विरोधमा नारा, जुलुश, तोडफोड र बन्दमा उत्रिएका विद्यार्थी संगठनका नेताहरुले भने मूल्यवृद्धि फिर्ताका सम्वन्धमा बिहीबारसम्ममा सरकारको ठोस निर्णय नआए विरोधका नयाँ कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन्।


गत साता गरिएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थी संगठनहरुले आह्वान गरेको उपत्यका बन्दका कारण बुधबार राजधानी काठमाण्डूको जनजीवन ठप्प हुन पुग्यो।


बन्दका कारण यातायातका साधन उपलब्ध नहुदा पैदलै हिड्न बाध्य धेरै सर्वसाधारणहरुले सास्ती खेपे।


पेट्रोलियमको मुल्यबृद्धीको विरोध उत्कर्षमा पुगेपनि सरकारले त्यसबारे ठोस निर्णय गरेन।


विद्यार्थी संगठनका नेताहरुले बिहिबार विहान सम्ममा आफ्ना माग सम्वोधन नभए विरोधका नयाँ कार्य्रकम ल्याउने चेतावनी दिए।

 

सत्तारुढ माओवादी सम्वध्द अनेरास्ववीयु क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले भने,