नेपाल मजदुर किसान पार्टीका नारायणमान विजुक्छेद्धारा भट्टराई सरकार विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन आब्हान

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले भटटराई सरकार विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन आब्हान गरेका छन् । उनले बर्तमान सरकारले देश र जनतलाई फाईदा भन्दा पनी अहित हुने कार्य मात्र गरेकाले पनि सरकार विरुद्ध अविश्वसाको प्रस्ताव ल्याउनु पर्ने धारणा राखेका हुन ।


रफत सञ्चार क्लब भक्तपुरद्वारा आयोजित अन्तक्र्रिया कार्यक्रममा बोल्दै विजुक्छेले सरकाले आफै बुझेर राजिनामा दिए राम्रो हुने भन्दै त्यसो नगरेमा संसदमा अविश्वासको प्रस्ताव ल्याएर सरकार गिराउनु पर्ने बताए । यसकोलागी कांग्रेस र एमालेले हिम्मत गर्नु पर्ने समेत उनले बताए ।


उनले अहिले माओवादी सरकारलाई अविश्वासको प्रस्तावले हटाए पछि आफ्नो सरकारलाई सहयोग नहुने चिन्ताका कारण दुवै पार्टीले विश्वासको प्रस्ताव ल्याउन हिम्मत नगरेको दावी गरे ।

आफ्नो गठबन्धनभित्रबाट र अन्य प्रमुख पार्टीहरुबाट समेत आलोचित भइरहेको सरकारले संयुक्त सरकारका लागि राजीनामा दिनुको विकल्प नभएको दाबी गर्दै भने