विवादित विषयमा सहमति जुटाउन नसकेपछि दलहरुले संविधान लेखनको कार्यतालिकामा फेरि संशोधन गर्ने

दलहरुले फेरि संविधान लेखनको कार्यतालिकामा संशोधन गर्ने


पूर्वनिर्धारित कार्यतालिका अनुसार संविधान लेखनका विवादित विषयमा सहमति जुटाउन नसकेपछि दलहरुले संविधान लेखनको कार्यतालिकामा फेरि संशोधन गर्ने भएका छन् । विवादित विषयमा सहमति जुटाइसक्नुपर्ने समयसीमा सकिनु एक दिन अघि आज बैठकमा जुटेका दलहरु अन्ततः संविधान लेखनको कार्यतालिकामा फेरि संशोधन गर्ने निश्कर्षमा पुगेका हुन् । सभामुख सुवास नेम्वाङ र सम्बैधानिक समितिका सभापति निलाम्बर आचार्यको पहलमा आज साझ बसेको तीन ठूला दलको बैठकमा संविधान जारी गर्ने समयसीमा जेठ १४ लाई कायमै राख्दै संविधान लेखनको कार्यतालिकामा संशोधन गर्ने सहमती बनेको हो ।

यसअघि आज विहान पनि तीन दलका नेताहरुको बैठक बसेको थियो । तीनदलको बैठक लगत्तै संविधानसभामा प्रतिनीधित्व गर्ने सबै दलको बैठक बसेको थियो । बैठकमा सहभागी साना दलले सहमतीपूर्वक अघि वढ्न तीन ठूला दललाई सुझाव दिएका थिए ।

बैठकमा संविधान लेखनका सन्दर्भमा भएको प्रगती, बाँकी रहेका विवादित विषय र संविधान लेखनको समयसीमाबारे छलफल भएको थियो । संविधान लेखनको कार्यतालिका अनुसार संविधानका विवादीत विषयमा भोली सम्ममा सहमति जुटाइसक्नुपर्ने थियो । दलहरुले पटक पटक संविधान लेखनको कार्यतालिकामा संशोधन गरेपछि उनीहरुप्रति जनताको आशंका र अविश्वास बढेको छ । कार्यतालिका संशोधनको बेलामा जसरी पनि काम सक्छौ भन्ने तर त्यसपछि काममा ध्यान नदिने नेताहरुको बानीबाट जनता दिक्क बनेका छन् ।

 

सर्वोच्च अदालतले अन्तिम पटक आगामी जेठ १४ गतेसम्म मात्रै संविधानसभाको म्याद रहने भनि गरेको फैसला र दलहरुबीच विवाद कायमै रहेको अवस्थामा संविधान नबने मुलुकमा भयावह अवस्था आउन सक्ने भन्दै चिन्ता ब्यक्त गर्न थालिएको छ । दलहरुबीच साशकीय स्वरुप र न्याय प्रणाली लगायतका विषयमा विवाद कायमै छ । राज्यपुनर्सरचना आयोगले निर्धारित समयमा काम नसकेपछि दलहरुबीच राज्यपुनर्संरचनाको विषयमा छलफल सम्म हुन सकेको छैन ।