मुल्यवृद्धि विरुद्ध आन्दोलित १३ विद्यार्थी संगठनद्धारा संघर्षका थप कार्यक्रम सार्वजनिक, डिलर्स र देशव्यापी ग्यास डिपोमा छापा मार्ने

काठमाडौं – पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धि विरुद्ध आन्दोलित १३ विद्यार्थी संगठनले संघर्षका थप कार्यक्रम सार्वजनिक गरेका छन् ।

आन्दोलनरत १३ विद्यार्थी संगठनको आइतबार राजधानीमा बसेको बैठकले एक साता लामो संघर्षका कार्यक्रम सार्वजनक गरेको हो । घोषित कार्यक्रम अनुसार माघ १६ र १७ गते देशव्यापी विरोध सभा, १८ गते पेट्रोलियम डिलर्स र ग्यास डिपोमा छापा मार्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र दिइने छ ।

आन्दोलन कार्यक्रम सार्वजनिक गर्दै अनेरास्ववियु अध्यक्ष माधव ढुंगेलले १९ गते प्रशासनको उपस्थितिमा १९ गते पेट्रोलियम डिलर्स र ग्यास डिपोमा छापा मार्ने जानकारी दिए । उनका अनुसार २० गते रित्तो सिलिण्डरसहित सभा गरिने छ ।

माघ २२ गते पुल्चोकस्थित मन्त्री निवास घेर्ने र २३ गते दुई घण्टा सिंहदरवार अगाडि धर्ना दिने कार्यक्रम विद्यार्थीहरुको छ ।