आज देशभर सहिदप्रति श्रद्धाञ्जली व्यक्त गरी सहिद दिवस मनाइंदै

आज शहीद दिवस


आज सहिद दिवस । प्रत्येक वर्ष माघ १६ गते देश र जनताका लागि आफ्नो प्राणको आहुती दिएका वीर सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ । आज पनि देशभर सहिदप्रति श्रद्धाञ्जली व्यक्त गरी सहिद दिवस मनाइंदै छ । विक्रम सम्वत २००७ सालमा राणा शासनविरुद्ध ज्यानको बाजी लगाएका अमर सहिदहरु धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ र दशरथ चन्दको सम्झनामा देशभर विभिन्न कार्यक्रम गरिंदैछ । तात्कालीन राणा शासकले चार सहिद मध्ये श्रेष्ठ र चन्दलाई विक्रम सम्वत १९९७ सालको माघ १५ गते काठमाडौंको शोभाभगवतीमा, धर्मभक्त माथेमालाई माघ १२ गते सिफलमा र शुक्रराज शास्त्रीलाई माघ १० गते टेकुमा हत्या गरेको थियो । सहिद सप्ताहभर उक्त स्थानहरुमा विभिन्न कार्यक्रम गरेर चारै सहिदको योगदानको सम्झना गरियो । श्रेष्ठ र चन्द दुबैलाई शोभाभगवतीमा गोली हानेर तथा धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीलाई सिफल र टेकुको खरिबोटमा झुण्ड्याएर मारिएको थियो । यसैबीच सहिद दिवसको अवसरमा राष्ट्रपति डा. रामवरण यादवले मुलुकका लागि जिउज्यान दिने सहिदप्रति सम्मान प्रकट गर्नुभएको छ ।


यसै अवसरमा प्रधानमन्त्री डा.बाबुराम भट्टराई लैनचौरमा रहेको सहिद स्मारक पुगी सहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो । त्यसैगरी प्रधानन्यायाधीश खिलराज रेग्मी, संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलगायतले स्मारकमा सहिदप्रति श्रद्धासुमन व्यक्त गर्नुभयो । आजै विहान सहिदको सम्झनामा काठमाडौ, कीर्तिपुर र भक्तपुर महानगरपालिकाले संयुक्त रुपमा प्रभातफेरि निकाले । शान्ति वाटीकाबाट शुरु भएको