– कृष्ण खनाल
बुटवल माघ १७ । माओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस-एमालेबाट विकल्प आएमात्रै जनसत्ताका निर्णयलाई वैधानिकता दिने सरकारी निार्णय फिर्ता लिन सकिने बताएका छन ।
जनसत्ताका निण्र्ँयको विरोधमा संसद बैठक अवरुद्ध गर्दै आएका कांग्रेस-एमालेसहितका दलले किसानका समस्या सम्बोधन गर्ने उपाय दिए सरकारले गरेको निण्र्ँय फिर्ता हुने दाहालले बताए । पार्टीको अवध मधेस राज्य समिति र प्रवास राज्यस्तरीय कार्यकर्ता प्रशिण कार्यक्रममा सहभागी हुन बुटवल आएका दाहालले पत्रकारहरुसग विगतका समस्या समाधानका लागि सरकारको निण्र्ँय अपरिहार्य भएको जिकिर गरे। उनले सरकारको निण्र्ँय स्वाभाविक भन्दै बचाउसमेत गरे।
सरकारले द्वन्द्वकालमा माओवादी जनसत्ताले गरेका निण्र्ँयलाई वैधानिकता दिने निण्र्ँय गरेपछि कांग्रेस एमालेलगायतका प्रतिपणी विरोधमा उत्रिएका छन्।
दाहालले भने निण्र्ँय फिर्ता नहुने संकेत गरेका छन्। यो माओवादीको मात्र नभई कांग्रेस-एमाले र आम किसानको समस्या हो किसानका समस्या सम्बोधन गर्ने विकल्प दिए मात्र निण्र्ँय फिर्ता हुन्छू दाहालले पटकपटक दोहोर् याए।
उनले स्वेच्छिक अवकाश रोजेका लडाकु मंगलबारदेखि फिर्ता हुने र त्यसपछि समायोजन र पुनस्र्थापना काम अघि बढ्ने बताए। शान्ति प्रक्रिया अगाडि बढेपछि राष्ट्रिय सरकार गठनको प्रस्ताव आफूले कांग्रेस-एमालेसँग राखेको उनले बताए। उनले राष्ट्रिय सरकारको नेतृत्वबारे छलफल गर्न सकिने र सहमति भए जुनसुकै पार्टी र नेताको नेतृत्व हुने बताए।
राष्ट्रिय सरकारको नेतृत्व माओवादीले गर्ने अवसर पाए बाबुराम भट्टराईकै नेतृत्वमा गठन हुने उनले दोहोर् याए। सोही कार्यक्रममा सहभागी माओवादी उपाध्यक्ष मोहन वैद्यले भने राष्टिय सरकारको नेतृत्व पाए पार्टीमा छलफल हुने बताए। पार्टीमा अब राष्ट्रिय सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे छलफल हुन्छ भट्टराईको नेतृत्वबारे सहमति भएको छैनू उनले भने। ट्टराई नेतृत्वको वर्तमान सरकारलाई आलोचनात्मक समर्थन रहेको बताएका वैद्यले राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्ने मान्यतामा अडिग रहेको बताए।