काठमाडौ – सरकारले सूचनाको वर्गीकरण गरी गोप्य राख्न गरेको निर्णयको बिरुद्ध नेपाल प्रेस युनियनले घोषणा गरेको आन्दोलन जारी राख्ने बताएको छ । प्रधानमन्त्री बाबुराम भटटराईको अभिब्यक्ति अलमल्याउने र झुक्याउने खालको रहेको भन्दै यूनियनले आन्दोलन जारी रहने जनाएको हो ।
नेपाल पत्रकार महासंघले भने प्रधानमन्त्री बाबुराम भट्टराईले निर्णय फिर्ता लिने बताएको तथा सर्वोच्च अदालतले निर्णय कार्यन्वयन नगर्न आदेश दिएकाले घोषित कार्यक्रमहरु नगर्ने जनाएको छ ।
यसैक्रममा युनियनले बुधबार आफ्ना सबै शाखाले स्थानीय प्रसासन कार्यालय अगाडी आधा घण्टा धर्ना दिएको जनाएको छ भने शुक्रबार शुक्रवार सबै शाखामा यस सम्बन्धमा सरोकारवालाहरुसंग अन्तक्रिया गर्ने निर्णय गरेको पनि युनियनले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।



