पपुआ न्यु गिनीको एक पानी जहाज तटीय क्षेत्रमा डुब्दा साढे दुईसय भन्दा बढी यात्रुहरु हराईरहेका छन् ।
३ सय यात्रु बोकेको पीएनजी कम्पनीले संचालन गरेको एमभी राबोल क्विन नामक सो पानी जहाजका २८ यात्रुलाई जिवितै उद्धार गरिएको पपुवा न्यु गिनीका अधिकारीहरुले जनाएका छन् । क्याप्टेनले पानीजहाजमा समस्या आएको संकेत गरे लगत्तै जहाज डुबेको बताईएको छ ।
पपुआ न्यु गिनीको तटीय शहर किंबे र लेईको वीचमा जहाज डुबेको बताईएको छ ।