
—————————————–
तिमी सँग सपनीमा , रमाउन पाए हुन्थ्यो
आँखा छोपी निदेरीमा ,सुटुक्क आए हुन्थ्यो ।।
आकाशमा जून हेरी , टोलाउँछु तिम्रै यादमा
मैले मात्र कती लाउँ ,तिम्ले माया लाए हुन्थ्यो ।।
तिमी बिना यो जिन्दगी,लाग्छ अंधेरी रात जस्तो
पूर्णिमाको जून बनी, अंधेरीमा छाए हुन्थ्यो ।।
मायाको म प्यासी बनी, कती धाउँ पधेँरीमा
कहिले काहीं तिमी पनि ,पधेँरीमा धाए हुन्थ्यो ।।
गाउँछ गित कोइलिले, बन पाखामा पखेरीमा
उदास मेरो जिबनमा , मिठो गीत गाए हुन्थ्यो ।।



