संसदीय सुनुवाइ विशेष समितिद्धारा राजदूत नियुक्तिका लागि सिफारिस गरिएका सवैलाई सर्वसम्मत अनुमोदन


 

– देवेन्द्र भट्टराई

 

काठमाडौं – संसदीय सुनुवाइ विशेष समितिले राजदूत नियुक्तिका लागि सिफारिस गरिएका सवैलाई सर्वसम्मत अनुमोदन गरेको छ ।

सिंहदरवारमा शुक्रबार बसेको बैठकले १० जना प्रस्तावित राजदूतको नाम सर्वसम्मत अनुमोदन गरेको हो । उनीहरुको नाम एग्रिमोका लागि अब परराष्ट्र मन्त्रालयले सम्बन्धित मुलुकमा पठाउने छ ।

समितिले शुक्रबार भरतराज पौडेल (पाकिस्तान), राममणि पोखरेल (बेल्जियम) र रविमोहन सापकोटा (रुसी महासङ्घ)को संसदीय सुनुवाइ गरेको हो । यसैगरी कमानसिंह लामा (दक्षिण कोरिया), मायाकुमारी शर्मा (कतार), पारस घिमिरे (म्यान्मार) र प्रल्हादकुमार प्रसाईं (इजरायल)को पनि संसदीय सुनुवाइ भएको थियो ।

सरकारले सिफारिस गरेकामध्ये शङ्करदास वैरागी (स्विट्जरल्यान्ड), मुक्तिनाथ भट्ट (डेनमार्कका) र रुद्रकुमार नेपाल (अस्ट्रेलिया)को सुनुवाइ बिहीबार नै भएको थियो ।

सरकारले माघ ३ गते विभिन्न १० मुलुकमा नेपाली राजदूत नियुक्तिका लागि नाम सिफारिस गरेको थियो ।