माओवादीका नेताहरु अनुपस्थित भएपछि संवैधानिक समितिको वैठकले कुनै निर्णय गर्न सकेन

एकीकृत माओवादीका शिर्ष नेताहरु अनुपस्थित भएपछि संवैधानिक समितिको वैठकले कुनै निर्णय गर्न सकेन । आज विहान समितिको कार्यलयमा बसेको समितिको वैठकमा माओवादी शिर्ष नेताहरु अध्यक्ष प्रचण्ड, प्रधानमन्त्री डा बाबुराम भट्टराई लगायत उपस्थित नभएपछि वैठक औपचारिकतामा मात्र सिमित भएको कांग्रेस नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।

 

बैठकमा माओवादी वैद्य पक्षका नेताहरुले उपसमितिमा सहमति भएका विषयमा फेरि छलफल गर्नुपर्ने अडान राखेका थिए ।

 

आत्मनिर्णयको अधिकारलगायतका विषयमा पनि बैठकमा सामान्य छलफल भएको थियो ।