काठमाडौं धोवीचौरका मनकामना ग्यास सप्लायर्सका सञ्चालक रोशनलाल राजभण्डारी यस्तै ग्यास कालोबजारी गरेको अभियोगमा अहिले थुनामा छन् । प्रशासन, वाणिज्य विभाग, आयल निगम र प्रहरी लगायतको संयुक्त अनुगमन टोलीले उनलाई नियन्त्रणमा लिएको हो । उनले लुकाइराखेको अवस्थामा एक सय ४० सिलिन्डर ग्यास भेटिएको थियो । टोलीले नियन्त्रणमा लिई उनीमाथि कालोबजारी ऐनअनुसार मुद्दा चलाइएको छ ।



