एमाले माधवकुमार नेपालद्धारा शान्ति प्रक्रियाका काम पूरा नभइ संविधान लेखनको काम अघि बढ्न नदिने चेतावनी

काठमाडौ – एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाओवादीका लडाकु राखिएका शिविरहरू खाली नभएसम्म नयाँ संविधान जारी हुन नसक्ने बताएका छन् ।

एमाले विद्यार्थी फाँटका प्रमुखहरूको राष्ट्रिय भेलाको समापन कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै नेता नेपालले शान्ति प्रक्रियामा विगतमा भएका सहमतिमाथि बखेडा झिकेर समय गुजार्ने काम सो पार्टीले गरिरहेको भन्दै यस्तै प्रवृत्तिले नयाँ संविधान बन्न नसक्ने दाबी पनि गरे ।

प्रधानमन्त्रीले सेना समायोजनका लागि नेपाली सेनालाई हालसम्म कुनै निर्देशन पनि नदिएको र स्वेच्छिक अवकाशमा पनि नयाँ विवाद सिर्जना गरिएको आरोप लगाउँदै शिविर खाली नभए र हतियार राज्यलाई नबुझाएसम्म संविधान जारी गर्न नहुने अडान व्यक्त गरे ।

नेता नेपालले शान्ति र संविधान निर्माणमा एमाओवादी गम्भीर र तत्पर नभएको भन्दै वर्तमान सरकारले