सुनसरीमा बर्डफ्लु पुष्टि

सुनसरी, माघ २२  सुनसरीको खनार र इटहरी क्षेत्रमा मरेका कुखुरामा बर्डफ्लु भएको पुष्टि भएको छ ।

बेलायतस्थित अन्तर्राष्ट्रिय परीक्षण प्रयोगशालामा पठाइएको नमुनामा
बर्डफ्लु भएको पुष्टि भएको राष्टिय पशु निर्देशनालयका कार्यक्रम निर्देशक
डा। रामकृष्ण खतिवडाले जानकारी दिए । आइतबार बिहान परीक्षण रिपोर्ट आएपछि
जिल्ला पशु कार्यालयले सतर्कताका लागि कर्मचारी खटाएको छ । त्यसका लागि
कर्मचारीलाई विदा नलिन निर्देशन दिइसकिएको जनाएको छ ।

राष्ट्रिय पशु स्वास्थ्य निर्देशनालयबाट खटिएको आकिस्मक रोग अन्वेषण टोलीका
विशेषज्ञहरूले शंका गरिएको ठाउँमा संक्रमक रोग फैलिएको पुष्टि गरेको छ भने
कृषि तथा सहकारी मन्त्रालयले सरकार सबै किसिमको रोकथामको उपाय अपनाउन ुहाई
अलर्टु मा रहेको जनाएको छ ।

पुस २६ बाट खनारस्थित पाथीभरा पोल्ट्री र्फममा कुखुरा मर्ने क्रम सुरु भएको
थियो । उक्त पोल्ट्रीबाट करिब दुई किलोमिटर टाढाको इटहरी(६ बज्राहास्थित
पिके पोल्ट्री र्फम एन्ड सप्लायर्सका कुखुरा पनि मर्न थालेपछि दुवै ठाउँको
नमुना संकलन गरिएको थियो ।

बर्डफ्लु शंका गरिएको सुनसरीको खनार र इटहरी क्षेत्रमा मर्ने कुखुराको
संख्या ७ हजार पुगेको छ । शुक्रबार र शनिबार मात्रै ती क्षेत्रमा थप दुई
हजार कुखुरा मरेका हुन् । पोल्ट्री र्फममा कुखुराको स्याहारमा खटिने एक
महिला पनि बिरामी परेकी छन् ।

विराटनगरस्थित क्षेत्रीय पशु रोग अन्वेषण प्रयोगशाला र काठमाडांैस्थित
केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशालामा पोजिटिभ रिपोर्ट आएपछि थप
परीक्षणका लागि ती नमुनालाई अन्तर्राष्ट्रिय परीक्षण प्रयोगशाला बेलायत
पठाइएको थियो ।