अयोग्य माओवादी लडाकु शिविरभित्र छिरेर तोडफोड

– फणिन्द्र दाहाल

 

काठमाडौ – माओवादी लडाकुको सुर्खेतस्थित छैटौं डिभिजनमा भएको घटनाबारे छलफल गर्न अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा आइतबार बैठक बस्यो । प्रधानमन्त्री बाबुराम भट्टराई, लडाकु प्रमुख नन्दकिशोर पुन, डेपुटी कमान्डरलगायतका नेता बैठकमा सहभागी थिए । बैठकपछि माओवादी सैन्य प्रमुख नन्द किशोर पुनले वातावरण उत्तेजित नबनाउन प्रमाणीकरणमा नपरेका लडाकुलाई आग्रह गरेका छन् । सरकारले अपाङ्ग, घाइते र सुत्केरीका लागि सरकारले उपयुक्त प्याकेज तयार पारिसकेको अर्थमन्त्री पुनले जानकारी दिए । प्रमाणीकरणमा नपरेका लडाकुहरूका लागि पनि छुट्टै प्याकेज ल्याइने आश्वासन अर्थमन्त्री पुनले दिए । चेक खोसिएको बारे भने उनीहरूले अनभिज्ञता प्रकट गरे ।

आइतबारै अन्मिनले अयोग्य ठर्‍याएका लडाकुको शिविर प्रवेश गरी तोडेफोड गरेको थिए । स्वैच्छिक अवकाशमा जाने लडाकुलाई चेक वितरण भइरहेका बेला आयोग्य लडाकुले आइतबार कुटपिट र तोडफोड गरेका हुन् । यो घटनालाई गम्भीर रूपमा लिँदै प्रक्रियालाई सहज गराउने तयारी माओवादीले गरेको छ । –कान्तिपुर

 


काठमाडौ – स्वैछिक अवकासमा जाने माओवादी लडाकुलाई चेक वितरण गरिरहेकै अवस्थामा ५० जना जति अयोग्य लडाकु शिविरभित्र छिरेर तोडफोड गरेका छन् । लडाकु संयोजन विशेष समिति सचिवालय छैटौं डिभिजन दशरथपुरका संयोजक दीपक प्रकाश भट्टका अनुसार ‘हाम्रा केही कुरा छन्, तपाईंहरू यहाँबाट हट्नुहोस्’ भन्दै तोडफोड गरे ।

तोडफोडबाट ४ वटा पाल च्यातिएका छन् भने तीनवटा ल्यापटप क्षतिग्रस्त भएका छन् । टेबुल कर्सी फालिएका छन् । भट्टले भने,