राष्ट्रिय सहमतिको सरकार बनाउन प्रधानमन्त्री भट्टराईको राजीनामा माग

एमाले अध्यक्ष झलनाथ खनालले राष्ट्रिय सहमतिको सरकार बनाउन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको राजीनामा माग्नुभएको छ । खनालले भट्टराई नेतृत्वको वर्तमान सरकार पूर्ण रुपमा असफल भएकाले राजिनामा दिएर सहमतिको सरकारका लागी बाटो खोल्न आग्रह गर्नुभयो । आज पत्रकारहरुसँग उहाँले प्रधानमन्त्री भट्टराई नेतृत्वकै सरकारले राष्ट्रिय सहमतिको स्वरुप लिने सम्भावना नरहेकाले सहमतिको सरकारका लागि नयाँ आधार बनाउनुपर्ने बताउनुभयो ।

उहाँले माओवादी र उसको नेतृत्वको सरकारले शान्ति र संविधान निर्माण प्रक्रियालाई अबरुद्ध पार्न विभिन्न बखेडा झिक्ने गरेको आरोप लगाउनु भयो । खनालले जनसत्ताले गरेका निर्णयलाई बैधानिकता दिने सरकार र माओवादीको निर्णय खारेज नभएसम्म संसद चल्न नसक्ने पनि प्रष्ट गर्नुभयो ।