वर्षा पार्ने प्रक्रिया नेपालको नजिक भएकाले पानी परेको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका प्रमुख बरिष्ठ मौसमविद् राजेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार बुधबार राजधानीमा १२ दशमलव १ मिलिमिटर वर्षा भएको छ । ‘एक दुई दिनपछि वर्षा हट्छ,’ उनले भने, ‘झरी उघ्रेपछि गर्मी लाग्न सक्छ ।’
मौसम विज्ञान विभागका अनुसार बुधबार जुम्ला, मुगु, कालिकोट, संखुवासभा हुम्ला, ताप्लेजुङ, गोरखालगायत उच्च पहाडी क्षेत्रमा हिमपात परेको छ ।



