राष्ट्रिय सभाका पूर्वअध्यक्ष डा. मोहम्मद मोहसिनको निधन

काठमाडौं – राष्ट्रिय सभाका पूर्वअध्यक्ष डा. मोहम्मद मोहसिनको निधन भएको छ ।

काठमाडौं छाउनी घर भएका मोहसिन लामो समयदेखि प्यारालाइसिसबाट पीडित थिए । उनको उपचारकोक्रममा वीरेन्द्र सैनिक अस्पताल छाउनीमा निधन भएको हो ।

बुधबार निधन भएका उनको बिहीबार स्वयम्भूस्थित मुस्लिम समाधिस्थलमा अन्त्येष्टि गरिएको छ । कास्मिरी मस्जिदका गुरुले दुई रिकात नमाज प्रार्थना गरेपछि उनको अन्त्येष्टि गरिएको हो । यस प्रार्थनालाई जनाजा भनिन्छ ।

मोहसिन पछिल्लो समयमा शाहीकालमा सूचना तथा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता थिए । पञ्चायतकालमा पर्यटन तथा कृषि मन्त्री भइसकेका उनी लोकतन्त्रपछि भने निस्कृय थिए ।

उनका श्रीमती, एक छोरा र पाँच छोरी छन् ।