अखण्ड सुदूरपश्चिमको माग राख्दै कांग्रेस नेपाल तरुण दल र नेपाल विद्यार्थी संघद्धारा कैलाली धनगढी बन्द

– मोहन बुढाऐर

 

धनगढी – अखण्ड सुदूरपश्चिमको माग राख्दै नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ कैलालीले दवाव स्वरुप शुक्रबार धनगढी बन्द गराएको छ ।

 

शुक्रबार दिउँसो १२ बजेबाट नेविसंघ र तरुण दलले धनगढी बन्दको आहृवान गरेको हो । बन्दकर्ताले यहाका उद्योग ब्यावसाय र यातायत सेवा बन्द रहेको छ । त्यसैगरी कैलालीको अत्तरिया बजार पनि बन्द भएको छ ।

 

राज्य पुनर्संरचना आयोगका दुवै प्रतिवेदनमा सुदूरपश्चिमलाई टुक्रयाएको छ । अल्पमतको प्रतिवेदनले कैलालीलाई अल्गयाएर थारुवान क्षेत्रमा पारेको छ । बहुमतले कैलाली र कञ्चनपुर दुवै जिल्लालाई सुदूरपश्चिमबाट टुक्राएर थारुवान प्रदेशमा राखेको छ । जातीय र क्षेत्रीय एकता कायम रहेको सुदूरपश्चिमलाई टुक्राएर जाजीय एकतामा बिखण्डन ल्याउन खोजेको भन्दै नेविसंघ र तरुण दलले बन्द आहृवान गरेका हुन ।

 

माओवादीको सेती महकाली मार्चाले अखण्ड सुदूरपश्चिमको माग राख्दै आज गरेको बन्द फिर्ता लिएको थियो । सुदूरपश्चिमका प्रमुख राजनितिक दल र नागरिक समाजको अवाज अखण्ड सुदूरपश्चिम रहेको छ ।