दलहरुद्धारा फेरि संविधान लेखनको कार्यतालिकामा संशोधन गर्ने

दलहरुले फेरि संविधान लेखनको कार्यतालिकामा संशोधन गर्ने भएका छन् । भोलि सम्ममा संविधान लेखनका विवादित विषयमा सहमति जुटाइसक्नु पर्ने पूर्व कार्यतालिका अनुसार काम गर्न नसकेपछि दलहरुले फेरि संविधान लेखनको कार्यतालिकामा संशोधन गर्ने भएका हुन् ।

 

सिंहदरवारस्थित शान्ति मन्त्रालयमा बसेको तीन ठूला दलका नेताहरुको बैठकमा विवादित विषयमा सहमति जुटाउने भोलि सम्मको समयसीमालाई पर सारेर कार्यतालिका संशोधन गर्ने सहमति बनेको हो । जारी बैठकमा एकीकृत माओवादी, नेपाली काँग्रेस र एमालेका शिर्ष नेताहरु सहभागी छन् । बैठकमा स्वेच्छिक अवकास रोजेका लडाकुको विदाइपछि सेना समायोजनको प्रक्रियालाई कसरी अघि वढाउने र संविधान लेखनका विवादित विषयमा सहमती जुटाउनेबारे पनि छलफल भएको वताइएको छ ।

आजै राष्ट्रिय सहमतीको सरकार गठन, जनसत्ताका लिखतलाई बैधानिकता दिने निर्णय फिर्तापछि वढेको विवाद लगायतका विषयमा छलफल गर्न एकीकृत माओवादी स्थायी समितिको बैठक बस्ने बताइएको छ । जनसत्ताले गरेको घरजग्गाको कारोबारलाई वैधता दिने निर्णय सरकारले फिर्ता लिएपछि उपाध्यक्ष मोहन बैद्य पक्षले प्रधानमन्त्री बाबुराम भट्टराईलाई राजीनामा दिन दबाब दिएको छ ।

 

आजको बैठकमा पनि बैद्य पक्षले राष्ट्रिय सहमतिको सरकार गठनका लागि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने अडान राख्ने बताइएको छ ।