तपाईहरु पत्याउनुस नपत्याउनुस अब लोडसेडिङ १ घण्टा घट्ने

काठमाडौं, २९ माघ  विद्युत प्राधिकरणले सोमबारदेखि लोडसेडिङ १ घण्टा कम
गर्ने भएको छ । दैनिक साढे १२ घण्टाका दरले हँदै आएको लोडसेडिङ अब साढे ११
घण्टामा सिमित हुनेछ । नयाँ तालिकाअनुसार सातामा ८१ घण्टा बत्ति नहुने आज प्रकाशित कारोबार दैनिकले लेखेको छ ।
 
मध्यमस्र्याङ्दी जलविद्युतगृह निर्धारित समयभन्दा एक साताअघि ममर्त भई
विद्युत उत्पादन सुरु हुनुका साथै वषरदले कुलेखानी जलाशयको सतह बढेकाले
तत्कालका लागि प्राधिकरणका उच्च अधिकारीले बताए । उनका अनुसार कुलेखानी
जलाशय ९ सेन्टिमिटरले बढेको छ ।
 
मध्यमस्र्याङ्दी शनिबारदेखि सञ्चालनमा आएको छ । यसबाट अहिले ३६ मेगावट
बिजुली उत्पादन भइरहेको छ । कुलेखानी पानीको सतह हालसम्म ५ मिटरमात्र घटेर १
हजार ५ सय २५ मिटर छ । कुलेखानीबाट दैनिक ४५ मेगावट विद्युत उत्पादन
भइरहेको छ ।