काठमाडौ – सशस्त्र द्वन्द्वकालमा सुरक्षाकर्मीबाट बेपत्ता पारिएका मानवअधिकार रक्षक राजेन्द्र ढकाल र पद्मनारायण नकर्मीको खोजी गर्न जेनेभास्थित दण्डहीनताका लागि स्वीस एजेन्सीले संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार समितिमा उजुरी दर्ता गरेको छ ।
सो एजेन्सीले नेपाल सरकारलाई गहन खोजी गरी जीवित वा अन्य जस्तोसुकै अवस्थामा भएपनि अवस्था पत्ता लगाई सम्बन्धित आफन्तलाई सूचना दिई मानवअधिकारको रक्षा गर्न आग्रह गरेको हो ।
ढकाल सन् १९९९ जनवरी ८ मा तनहुँ जिल्लाबाट प्रहरीले गिरफ्तार गरेको र २३ सेप्टेम्बर २००३ देखि नेपाली सेनाले बेपत्ता बनाएको पीडित पक्षको दाबी छ ।
ढकाललाई प्रहरीले नियन्त्रणमा लिएको र नकर्मीको भैरवनाथ गणमा हिरासत रहँदा यातनाका क्रममा मृत्यु भएको उल्लेख भएको निवेदनमा खुलाइएको सो एजेन्सीले जनाएको छ । रासस



