ट्राफिक प्रहरीद्धारा क्षमताभन्दा बढी विद्यार्थी बोक्ने स्कूल बसलाई कारवाही सुरु

 क्षमताभन्दा बढी विद्यार्थी बोक्ने स्कूल बसलाई कारवाही


ट्राफिक प्रहरीले क्षमताभन्दा बढी विद्यार्थी बोक्ने स्कूल बसलाई कारवाही सुरु गरेको छ ।

 

आजदेखि सुरु भएको कारवाहीमा उपत्यकाका तीनै जिल्लामा १ सय ५० भन्दा बढी विद्यालय बस कारवाहीमा परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

 

सिट क्षमताभन्दा बढी विद्यार्थी राख्ने, बसको भौतिक अवस्थालगायतका विषय हेरी कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

 

आज मात्रै प्रहरीले स्कुल समयमा उपत्यकाका ४० भन्दा बढी स्थानमा चेकिङ गरेको ट्राफिक प्रहरी निरीक्षक सीताराम हाछेथुले जानकारी दिनुभयो । कारबाहीमा परेको बसलाई न्यूनतम एक हजार रुपैयाँ जरिवाना गर्ने महाशाखाले जनाएको छ ।

 

कारवाहीको क्रममा ३० सिट क्षमता भएको बसमा ६५ जनासम्म राखेको पाइएको थियो । प्रहरीले यो अभियानलाई निरन्तरता दिने जनाएको छ ।