काठमाडौ । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतले गरेको फैसला र दिएको आदेशको कुनै मतलब नभएको बताएका छन् ।
१७ औ जनयूद्ध दिवसको मनाउने क्रममा राजधानीको खुलामन्चमा आयोजना गरेको अमसभालाई संबोधान गर्दै संविधान निर्माणको सन्दर्भमा ६ महिना भन्दा बढी संविधानसभाको म्याद बढाउन नपाउने भन्ने फैसलाको आफूलाई कुनै वास्ता नभएको स्पष्ट पारे ।
प्रचण्डले २०४७ सालको संविधान ब्यूँताउन खोजे विद्रोह गर्ने चेतावनी दिदै विद्रोहकोलागी तयार रहन कार्यकर्तालाई निर्देशन दिए । उनले आफहरु शान्ति र संविधान निर्माण प्रक्रियामा आफुहरु प्रतिबद्ध भएर लागेको भन्दै त्यसमा अवरोध गरेको अवस्थालाई सचेत पूर्वक हेर्नु पर्ने तर्क गरे ।
उनले शान्ति र संविधान निर्माणमा माओवादीलाई झुकाउने षडयन्त्र भईरहेको भन्दै जनयूद्ध जीत वा हार के हो भन्ने टुङगो नलागेको बताए ।
उनले अहिले काठमाडौको मोर्चासँग माओवादी लडिरहेको भन्दै भन्दै एक ठिक्का भएर प्रतिरोध गर्ने चेतावन िदिए ।
प्रचण्डले माओवादी भिन्न धातुको भएको भन्दै माओवादी टुट्छ भन्ने सपना पूरा नहुने ठोकुवा पनि गरे ।