– घनश्याम खड्का
काठमाडौ – सुडान घोटालाका अभियुक्ताहरूमध्ये तीन जना पूर्व आईजीपी र दुई ठकेदारलाई २/२ वर्षको कैदा तथा जरिवाना गरेको छ । पूर्व आईजीपीहरू ओम विक्रम राणालाई दुई वर्ष कैदका साथै १७ करोड जरिवाना, हेमबहादुर गुरुङलाई दुई वर्ष कैद र ६ करोड जरिवानाका साथै रमेश चन्दलाई २ वर्ष कैद र ४ करोड जरिवानाको फैसाला सोमबार विशेष अदालतले गरेको हो ।
नेपालको इतिहासमै सबै भन्दा ठूलो घोटलाको रूपमा रहेको सुडान घोटलाका अभियुक्तहरू बेलायती नागरिक माइकल राडरलाई २ वर्ष कैद र २८ करोड जरिवाना तथा उनको नेपाली साझेदार शम्भू भारतीलाई २ वर्ष कैद र १४ करोड रुपैयाँ जरिवानाको फैसाल गरेको छ ।
अन्य ३१ अभियुक्त प्रहरी अधिकारीलाई भने विशेष अदालतले सफाइ दिएको छ । सफाइ पाएका प्रहरी अधिकृतहरूले अदालत परिसरमै हर्ष मनाएका थिए ।
राष्ट्र संघीय मिसनका लागि सुडानमा खटिएका प्रहरीका लागि किनिएका एपीसीलगायतका बन्दो बस्ती सामग्रीमा उनीहरूले घोटला गरेको ठहर गर्दै विशेष अदालतले उक्त फैसला गरेको हो ।