प्रहरीले विभिन्न नियम लागु गरेर दुःख दिएको भन्दै चार दिनदेखि तातोपानी क्षेत्र बन्द

प्रहरीले विभिन्न नियम लागु गरेर दुःख दिएको भन्दै सिन्धुपाल्चोकको लार्चावासी आन्दोलित भएका छन् ।

 

लार्चावासीका स्थानीय युवाको प्रदर्शनका कारण चार दिनदेखि तातोपानी क्षेत्र बन्द छ । बन्दका कारण तातोपानी भन्सारबाट भित्रने र बाहिरिने गाडी चल्न सकेको छैन । सार्वजनिक यातायातका साधन पनि ठप्प छन् । युवाहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै स्थानीय व्यापारीले पनि बजार ठप्प पारेका छन् ।

 

सिमा प्रहरी कार्यलय कोदारीले बिना हेलमेट मोटरसाइकल नचलाउन, अनिवार्य रुपमा ब्लु बुक बोक्न र २ जनाभन्दा बढी व्यक्ति मोटरसाइकलमा नचढ्न भनेपछि लार्चावासी विरोधमा उत्रिएका हुन् ।

 

स्थानीयवासीले आफ्नो क्षेत्रभित्र यस्ता नियम लागू गर्न नपाइने भन्दै सिमा प्रहरी चौकीका इन्चार्ज विश्व कार्कीको राजीनामा मागेका छन् ।