बुटवल नगरपालिकाले आयोजना गरेको सार्वजानीक सुनुवाईमा आएनन प्रमुख

– कृष्ण खनाल


बुटवल फागुन ४ । बुटवल नगरपालिकाले आयोजना गरेको सार्वजानीक सुनुवईमा  गुनासो सुनाउने सरकारी निकायहरुको सहभागिताका नभएपछी नरबासीले आ आफ्नो गुनासो  तथा जिज्ञासा सहायक प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेलाई सुनाएका छन  ।  विहिवार बुटवल नगर क्षेत्र सम्बिन्धीत सरोकारबालाहरुसंग आयोजना गरिएको सार्वजानिक सुनुवाई कार्यक्रम यस्तो गुनासो गरेका हुन ।

 

नगरक्षेत्र भिज्ञका  का १० वटा सरकारी कार्यालयहरुलाई आमन्त्रण गरिएपनि उक्त कार्यक्रममा पश्चिमाचल सडक डिभिजन कार्यालय बुटवल नेपाल विद्युत प्राधिकरण बुटवल लुम्विनी अंचल यातायात व्यवस्था कार्यालय लगाएतका सरकारी निकायको उपस्थित नभएपछी गुनासो सहायक प्रमुख जिल्ला अधिकारीलाई सुनाउन बाध्य भएका हुन ।  सार्वजानीक सु्नुवाई कार्यक्रममा उपस्थित बुटवल उद्योग बाणिज्य संघका कोषाध्यक्ष  तथा नगरवासी उज्जवल कसजुले जनताको काम गर्नको लागि भनेर स्थापना भएका सरकारी निकायबाट हुने कामकारवाही तथा सेवा सुविधाको बारेमा जनताले जानकारी लिने कार्यक्रममा उपस्थित नहुन जनतालाई उपहास गरेको बताउनु भएको थियो । यातायात सम्बन्धी उहाको जिज्ञसामा जिज्ञासा सुन्ने निकाय नै नभएपछी प्रमुख जिल्ला अधिकारी महतले के कति कारणले जनताको कार्यक्रममा उपस्थित नभएको भन्ने बारेमा ति निकायहरुसंग सोधपुछ गरी जनताले उठाएका समस्यहरु सम्बिधीत  निकाससंग पुर् याउने प्रतिबद्धता जारी गर्नुभयो ।  

 

सार्वजानीक सुनुवाईमा नेपाल खानेपानी संस्थान साखा बुटवल प्रमुख गोविन्द गौचननेपाल टेलिकम बुटवल साखाका लेखा अधिकृत होमनाथ भण्डारी ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख कृष्ण महतपश्चिम क्षेत्रीय ट्राफिक कार्यालय बुटवलका प्रमुख पृतमराज भट्टराई तथा बुटवल नगरपालिकाका विभिन्न विभागिय प्रमुखहरुको मात्र उपस्थित रहेको थियो । खानेपानीको समस्या झैल्दै आएका नगरबासीहरुले झुम्साबाट ल्याउने भनेको खानेपानी एकादेशको कथा जस्तै भएकोलोडसेडिङ्गको कारणमारमा परेको बुटवलको दिगो रुपमा फोहर व्यवस्थापन हुन नसकेको फोरलेनको सडक कार्य पुरा हुन नसकेको शान्ति सुरक्षा ट्राफिक व्यवस्थाको बारेमा गुनासो व्यक्त गरेका थिए ।

 

कार्यक्रम  बुटवल नगरपालीका का प्रमुख यज्ञ प्रसाद भट्राई को अध्यक्षता तथा पत्रकार खिमानन्द भट्राई र सुमन अधिकारीको संचालनमा भएको थियो ।