जयप्रसाद गुप्ताद्धारा राष्ट्रपतिलाई ‘काठमाडौंसंग मधेसको सम्बन्ध टुट्न सक्ने’ कुरा आफुले सबैले सुन्ने र बुझ्ने गरी भनेको कुरा स्पष्ट (पूर्णपाठ सहित)

काठमाडौं – सूचना तथा सञ्चारमन्त्री जयप्रसाद गुप्ताले बिहीबार राष्ट्रपति डा. रामवरण यादवलाई एक पत्र लेखि ‘काठमाडौंसंग मधेसको सम्बन्ध टुट्न सक्ने’ कुरा आफुले सबैले सुन्ने र बुझ्ने गरी भनेको कुरा स्पष्ट पारेका छन् ।

राष्ट्रपति यादवले केही दिनयत्ता प्रधानमन्त्री र प्रमुख दलका नेताहरुसंगको भेटमा राष्ट्रिय अखण्डताको बिरुद्ध अभिब्यक्तिदिने मन्त्रीलाई कारवाही गर्न आग्रह गरेपछि मन्त्री गुप्ताले आफ्नो भनाई सन्दर्भका बारेमा चार पृष्ठ लामो पत्र लेखी राष्ट्रपतिलाई आफ्नो अडान प्रष्ट्याएको हो ।

उनले बिहीबार राष्ट्रपति यादवलाई भटी बुझाएको पत्रमा मधेस आन्दोलनपछि पनि राज्यका विभिन्न निकायहरु र प्रमुख दलहरु मधेसी मुद्दा प्रति उदासिन रहेको दोहोर्याउँदै राज्यका सबै निकायहरु मधेस विरोधी देखिएको उल्लेख गरेका छन् ।

साथै उनले न्यायालय, मानवअधिकार आयोग, निर्वाचन आयोग, लोकसेवा आयोग जस्ता निकायहरु मधेस विरोधी देखिदैंछन्, मधेसी जनतामा राज्यका सबै निकायप्रति आक्रोश छ भनेर भनेको समेत उल्लेख गरेका छन् ।

उनले आफुले ‘मधेस हिंसक आन्दोलनको मनस्थितिमा रहेको छ । मधेसी जनतामा बिद्रोहको मानसिकता रहेको र यस्तै अवस्था रही रहेमा मधेस र काठमाडौंको सम्बन्ध टुट्न सक्दछ । मधेस आफ्ना मागहरुका पूर्तिका निम्ति निर्णायक विद्रोहमा जाने छन्’ भनेर आफुले भनेको पनि राष्ट्रपतिलाई लखेको पत्रमा उल्लेख छ ।

राष्ट्रपतिलाई मन्त्री गुप्ताले लेखेको पत्रको पूर्णपाठ:
२०६८।११।४

विषयः