नेपाल अन्तर्राष्ट्रिय रुपमा कालो सूचीमा नपर्ने भएको छ । अन्तर्राष्ट्रि प्रतिबद्धता अनुसार आज सम्म संसद्बाट सम्पति शुद्धिकरण सम्बन्धी तीन वटा विधेयक पारित हुन नसके नेपाल कालो सूचीमा पर्ने भनिए पनि नेपालको विशिष्ट अवस्थालाई ध्यानमा राखेर कालो सूचीमा नराखिने भएको हो ।
संसद् बैठकबाट संगठित अपराध नियन्त्रण, सुपुर्दगी सम्बन्धी र कानूनी सहायता सम्बन्धी विधेयक पारित नभए मुलुक अन्तर्राष्ट्रिय रुपमा नै ब्ल्याक लिष्टमा पर्ने संभावना बढेको थियो ।
तर नेपालको विशिष्ट अवस्थालाई ध्यानमा राखेर हाललाई नेपाललाई कालो सूचीमा नराखिने निश्चित भएको अर्थ सचिव कृष्णहरी बाँस्कोटाले जानकारी दिनुभयो ।
फ्रान्सको पेरिसमा जारी फाइनान्सियल एक्सन टास्क फोर्सको बैठकमा केही समय थप गराउन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारीले पहल गर्नुभएको थियो ।
वैठकमा डेपुटी गभर्नरले र नेपालबाट पनि प्रधानमन्त्री बाबुराम भट्टराईले नेपाललाई कालो सूचीबाट जोगाउन कुटनीतिक माध्यमबाट पहल जारी राख्नुभएको थियो ।