– कृष्ण खनाल
बुटवल फागुन ७ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहाकार देबेन्द्र पौडेल सुनिलले पार्टि भित्रबाट वा वाहिरबाट सरकारको राजिनामा मागिए राजनैतिक तथा बैचारिक प्रतिवाद गर्ने चेतावनी दिनुभएको छ ।
एकीकिृत नेकपा माओवादीका पोलिटव्युरो सल्लाहकार समेत रहेका नेता पौडेलले पछिल्लो समयमा सरकारको विकल्प माग्नुलाई असान्र्दभिक हुने भन्दै उक्त चेतावनी दिनुभएको हो ।
आईतबार रिर्पोर्टस क्लव नेपाल लुम्बिनीले आयोजना गरेको साक्षत्कारमा बोल्दै नेता पौडेलले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि बाटो खुला रहेको बताउनुभयो । पछिल्लो समयमा देश अराजक अस्थिरताको दलदलमा फस्दै गएको भन्दै शान्ति प्रकि्रया र संविधान निर्माणको विकल्प नभएको समेत बताउनु भयो । उहाले भन्नुभयो -अहिलेको प्राथमिकता भनेको शान्तिप्रकि्रयालाई टुङ्गोमा पुर् याउनु हो । अहिलेको राजनैतिक वातावरण उत्तेजित बनाउने असहज स्थित सृजना गर्ने पर्दा पछाडीबाट चलखेल भईरहेको समेत पौडेलको दावि छ ।
सेना समयोजनको सन्र्दभमा नेपाली सेनाले मेजर भन्दा माथिल्लो पद दिन सक्ने भन्ने चर्चा चलिरहेको बेला नेता पौडेलले राजनैतिक सहमती भएमा मेजर भन्दा माथिको पद दिन नेपालीसेना तयार हुनुपर्ने समेत बताउनु भयो । अहिले नेपालमा दुई फरक अस्तिव भएको सेनाहरु रहेको भन्दै जनुमक्तिसेनालाई तालिमनै नलिएको जस्तै गरि जनमुक्ति सेनाको अस्तित्वनै विलय गर्ने खालको राजनैतिक चलखेल भएको समेत दावि गर्नुभयो । सेना समयोजन सम्मानजनक हुनेमा आशावादी रहेको र अपमान गर्ने प्रयास गरिएमा सम्पुर्ण शान्ति प्रकि्रयानै ब्रेक हुने समेत उहाले दावि गर्नुभयो ।
पछिल्लो समयमा जनता दैनिक उपभोग्य सामानहरुको महङ्गी बढेको र खाना पकाउने ग्याँयसतेलको अभाव भएको भन्ने प्रश्नमा नेता पौडेलले ग्यासतेलको अभाव बाहिरी प्रचारवादी भएको समेत बताउनुभयो । बाहिर प्रचार गरेको जस्तौ होईन मूल्य बृद्धिगर्नु हाम्रो रहर होईन बाध्यता हो उहाले भन्नुभयो ।