सरकारले प्रजातन्त्र दिवसको अवसरमा मलुकभरका विभिन्न कारागारबाट ४ सय ६१ जना कैदीलाई रिहा गरेको छ ।
कारागार नियमावली अनुसार ५० प्रतिशत कैद भुक्तान गरिसकेका मध्ये असल आचरण भएका, मुद्दाको पुनरावेदन नदेखिएका कैदीलाई आममाफी दिइएको हो ।
राजधानीमा रहेका केन्द्रिय कारागारबाट तीन महिलासहित ८२ र नख्खुकारागारबाट २५ जनाले माफी पाएका छन् ।
गत बर्षको प्रजातन्त्र दिवसमा सरकारले कुनै पनि बन्दीलाई आममाफी नदिएको भन्दै निराश बनेका बन्दीहरुले यसपटक भने आममाफी दिइएको भन्दै खुशी ब्यक्त गरेका छन् । गत वर्ष प्रजातन्त्र दिवसमा कुनै पनि कैदीलाई आममाफी दिइएको थिएन ।