प्यूठानको बरौलाबाट बिजुवार तर्फ आउँदै गरेको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यू

प्यूठानको बरौलाबाट बिजुवार तर्फ आउँदै गरेको लु १ ख १६६८ नम्बरको जिप दाखाक्वाडी गाविसको वडा नं. ३ स्थित बेलुवामा दुर्घटना हुँदा ३ जनाको मृत्यू भएको छ ।

 

घटनामा दूई बालक सहित १८ जना घाईते भएका छन् । घाईते मध्ये ८ जनाको अवस्था चिन्ताजनक रहेको र उनिहरुको उपचार जिल्लामा सम्भव नभए पछि नेपालगञ्ज रिफर गरिएको जिल्ला अस्पताल बिजुवार प्यूठानले जनाएको छ ।

 

अन्य घाईतेहरुको जिल्ला अस्पताल बिजुवारमै उपचार भईरहेको छ । मृत्यु हुनेमा प्यूठान बिजुली ३ का लाल बहादुर श्रेष्ठ, दाखाक्वाडी ९ का दुर्गा बहादुर धामी र धुवाङ २ का कमल भण्डारी रहेका छन् ।

 

तिब्र गति र अत्यधिक भारका कारण जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।