वाईसीएल कार्यकर्ताद्धारा आफुहरुका माग पूरा गर्न माओवादी नेतृत्वलाई ४८ घण्टाको अल्टिमेटम

वाईसीएल कार्यकर्ताले आफुहरुका माग पूरा गर्न माओवादी नेतृत्वलाई ४८ घण्टाको अल्टिमेटम दिएका छन् ।

 

आज बुटवलमा पत्रकार सम्मेलन गरी वाईसीएलमा क्रियाशील पूर्व माओवादी लडाकुहरुले पार्टी अध्यक्ष प्रचण्डलाई र लडाकुका डिभिजन कार्यालयहरुलाई बुझाएको ८ बूँदे माग पत्रको सुनुवाई नभएको भन्दै ४८ घण्टे अल्टिमेटम दिएका हुन् ।

 

४८ घण्टाभित्र माग पूरा नभए पार्टी विरुद्ध संघर्ष शुरु गर्ने चेतावनी समेत उनीहरुले दिएका छन् ।

 

पत्रकार सम्मेलनमा माओवादीको मगरात राज्य समितिका वाईसीएल संयोजक एवं लडाकुका पूर्व ब्रिगेड कमाण्डर ध्रुव घिमिरेले नेतृत्वले आफुहरुलाई भ-याङ बनाएर हैसियत बनाएको तर अहिले आफुहरुको भविश्य नै धरापमा पारेको आरोप लगाउनु भयो ।

 

उनीहरुले शिविरमा रहेका लडाकु सरह सुविधा उपलब्ध गराउनु पर्ने, वाईसीएलका लागि भन्दै लडाकुबाट कटाइएको १ हजार रुपैयाँको संचित रकम उपलब्ध गराउनु पर्ने लगायतका माग राखेका छन् ।