प्रमुख दलका शीर्ष नेताहरुले भावी संविधान लेखनमा देखिएको विवाद समाधानका लागि थप एक साताको समय मागेका छन् ।
आज विहान सिंहदरबारमा बसेको संवैधानिक समितिको बैठकले विवाद समाधानका लागि थप एक साताको समय माग्ने निर्णय गरेको हो । संविधानसभाअन्तर्गत कार्यव्यवस्था परामर्श समितिले विवादित विषयमा सहमति खोज्न दिएको समयसीमा भोलि सकिँदैछ ।
यसअघि संविधान लेखनको संशोधित कार्यतालिका अनुसार माघ २९ गतेसम्ममा विवादित विषयमा सहमति जुटाइसक्नुपर्ने भए पनि दलहरुले थप १० दिनको समय लिएका थिए । समितिको अर्को बैठक अब फागुन १६ गते बस्नेछ ।