काठमाडौ। सूचना तथा सन्चारमन्त्री जेपी गुप्तालाई भ्रष्टाचारको मुद्दामा सफाई दिने विशेष अदालतका तीन जना न्यायाधिसलाई सर्वोच्च अदालतले कारवाहीको लागी न्यायपरिषदमा सिफारिस गर्ने आदेश दिएको छ ।
गुप्तामाथि सार्वजनिक पदको दुरुपयोग गरी अकुत रकम भ्रष्टाचार गरेको भनि अख्तियारले दायर गरेको मुद्दामा २०६४ साल जेठ २८ गते विशेष अदालतले सफाई दिएको थियो ।
विशेष अदालतका तत्कालिन न्यायाधिसहरु भुपध्वज अधिकारी, कमलनाथ शर्मा र चालेन्द्र समशेर जवराले गुप्तालाई सफाई दिएका थिए ।
सर्वोच्च अदालतका न्यायाधिशद्धय सुशीला कार्की र तर्कराज भट्टको इजलाशले मंगलबार गुप्ता भ्रष्टाचार मुद्दामा गरेको फैसलामा विशेष अदालतका तीन न्यायाधिसले गंभिर लापरवाही र त्रुटिपूर्ण काम गरेका ठहर गर्दै लाई कारवाहीकोलागी न्यायपरिषदमा पठाउने आदेश दिएको हो ।