गुप्ताको पुर्ख्यौली गाउँ कन्चनपुरमा उनका समर्थकले विरोध प्रदर्शन गरिरहेका छन्।
गुप्ताका समर्थकहरुको विरोध जुलुस पूर्व-पश्चिम राजमार्गको कञ्चनपुरमा केन्द्रित हुने बताइएको छ। जुलस राजमार्गतर्फ अघि बढेपछि सो क्षेत्रमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ।
गुप्तालाई जेल चलान गरिएको खबर बाहिर आएलगत्तै राजविराजको जनआन्दोलन चोकमा उनका समर्थकले आदेशको प्रतिलिपि जलाएर विरोध प्रदर्शन गरेका थिए।



