मधेशी जनअधिकार फोरम गणतान्त्रिकमा अध्यक्ष जयप्रकाश गुप्ता पछिको स्थिति वारे अन्यौल शुरु

– अतुल मिश्र

 

काठमाडौं  – मधेशी जनअधिकार फोरम, गणतान्त्रिकमा अध्यक्ष जयप्रकाशप्रसाद गुप्ता पछिको स्थिति वारे अन्यौल शुरु भएको छ । अध्यक्ष गुप्तालाई सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा दोषि ठहर गरेर जेल सजाय गरे लगत्तै फोरम गणतान्त्रिकमा ‘अव के ?’ भन्ने वारे मतैक्य देख्न सकिएको छैन ।

‘गणतान्त्रिक हिजोको दिनमा गुप्ताजीको उपस्थितिमा जे थियो, यस भन्दा कुनै पनि स्थितिमा कमजोर रहदैन’, फोरम गणतान्त्रिकका सह अध्यक्ष राजकिशोर यादवले वुधवार भने-‘अव हामीले पार्टिलाइ एकजुट राख्नु छ, ‘मिसन’लाई अघि लैजानु छ ।’

‘मधेश मुद्दामा पार्टि अडिग रहेको र अव अझ शशक्त हुने औल्याउदै यादवले पार्टिको भविष्यको रणनीतिवारे साथीहरु संग कुरा जारी रहेको समेत वताए । हाल सम्म पार्टिले अदालतको सजाय पछि गुप्ताको अव पार्टिमा के हैसियत हुने भन्ने वारे कुनै प्रकारको निर्णय गरेको छैन ।

‘अहिले सम्म पार्टिमा उहाँ(गुप्ता)वारे व्यक्तिगत रुपमा कुनै निर्णय भएको छैन’, सह अध्यक्ष यादवले भने-‘साथीहरु वाहिर छन औपचारिक निर्णय भने भोली (विहिवार) मात्र हुन सक्छ ।’

गणतान्त्रिकले विहिवार केन्दि्रय समितिको वैठक राख्ने छ । उक्त वैठकमा गुप्तालाइ भ्रष्टाचारी ठहर गर्ने सर्वोच्च अदालतको फैसला र पार्टिको भावि रणनीति वारे आधिकारिक धारणा वनाइने एक वरिष्ठ नेताले वताए ।

सह अध्यक्ष यादव भन्छन-‘अहिले व्यक्तिगत रुपमा यदि कोइ केहि भनिरहेका छन भने त्यसमा ध्यान न दिनोस, उहालाई हाल सम्म निलम्वन गरिएको छैन ।’ स्रोतका अनुसार पार्टि भित्र अहिले अध्यक्ष र संञ्चार मन्त्री गरी दुई वटा पद खाली भएकोले उक्त स्थानमा समेत क-कसलाई चयन गर्ने वारे समेत दावी र अन्यौल शुरु भएको छ । संगै फोरम लोकतान्त्रिक र फोरम नेपालले समेत आफूमै मिलाउने वारेको प्रयास समेत शुरु गर्न लागेको केहि नेता दावी गर्छन । यस्तै गणतान्त्रिकका केहि नेताहरुले सर्वोच्च अदालत मधेश विरोधी रहेको आरोप लगाउदै गुप्तालाई राजनैतिक पुर्वाग्रह अनुसार दण्डित गरिएको दावी समेत गर्छन ।

पार्टिका बरिष्ठ नेता राजलाल यादवले भने पार्टिको विधान अनुसार अध्यक्षको पद खाली भएमा स्वतः सह अध्यक्ष कार्यवाहक अध्यक्ष हुने जनाउछन । ‘उनी जेलवाट फिर्ता आए पनि राजनीतिमा भाग लिने अवस्था छैन’, राजलाल यादव भन्छन । मधेसी जन अधिकार फोरम वाट करिव नौ महिना अघि १३ सभासद सहित गुप्ताको नेतृत्वमा फोरम गणतान्त्रिक फुटेको थियो ।