नेपाल एशोसिएसनको पूर्व निर्धारित कार्यक्रम अनुसार कानुन व्यवसायीले समयमै शान्ति र संविधानको माग गरी प्रदर्शन गर्न खोजेका थिए । उक्त क्षेत्रलाई निषेधि बताएर प्रहरीले बल प्रयोग गरेको हो ।
बारको कार्यालयसमेत त्यही रहेका कारण कानुन व्यवसायीले त्यहीबाट प्रदर्शन गरेका थिए । त्यस क्रममा उनीहरुले शान्ति र संविधानका लागि नारावाजीसमेत गरेका थिए ।
संखुवासभामा पनि कानुन व्यवसायीले शुक्रबार उल्टो कोट र उल्टो नारासहित प्रदर्शन गरेका छन् । ‘संविधान नबनाऊ: सकेजति भत्ता खाउ’, ‘संविधान अलपत्रःदण्डहीनता सर्बत्र’ जस्ता उल्टा नारा लेखिएका प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका हुन् । एसोसिएसनको कार्यलयबाट निस्किएको र्यालीले चैनपुर बजारको परिक्रममा गरि कोण सभामा परिणत भएको थियो ।
छिटो शान्ति प्रक्रियाको काम टुङगो लगाउन र संविधान लेखनको सुनिश्चितता गर्न माग राखेर प्रदर्शन गरेको बारका अध्यक्ष परशुराम रिजालले बताए ।
सुनसरी सदरमुकाम इनरुवामा कानुन व्यवसायहरुले हातमा कालोकोट राखेर प्रर्दशन गरेका छन् । सुनसरी जिल्ला वार एकाइको आहृवानमा जिल्ला अदालत अगाडीवाट सुरु भएको कानुन ब्यबसायीहरुको र्याली इनरुवा नगरको बिभिन्न भागको परिक्रम गरेको थियो । प्रर्दशनपछि स्थानिय जन आन्दोलनमा आयोजित कोणसभामा नेपाल वार एसोसिएशनका पूर्व उपाध्यक्ष केदार भण्डारीले सबिधान बनाउन जनताले चुनेर पठाएका सभासदहरुको ध्यान सबिधान निर्माणको मुल मुद्दावाट अलग भएकाले समयमै सबिधान निर्माण गराउन दवाव दिन सडकमा उत्रेको बताए । उनले संबिधान निर्माणका लागि तोकिएको अवधि सम्म कानुन ब्यबसायीहरुले दवाब दिने बताए ।



