बुटवल संवाददाता
बुटवल फागुन १३ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथापूर्व अर्थमन्त्री डा. रामशरण महतलेएमाओवादी लडाकु सेनाको समायोजन मापदण्ड विपरित भएमा मान्य नहुने बताउनुभएको छ ।
एनेकपा एमाओवादीले सेना समायोजनको नाममा नेपाली सेनामाविभाजन गर्न लागेको भन्दै उहाँले समयोजनमा जाने एमाओवादी लडाकुले नेपाली सेनाकोमापदण्ड पूर्णतया पुरा गरेमात्र सेना समायोजना हुने बताउनुभयो ।
नेपाली कांग्रेस बुटवल नगर कमिटीको आयोजनमा शनिबार बुटवलमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता महतले पछिल्लो समयमा एनेकपा माओवादीको शक्ति केन्द्रित हुने छुटै किसिमको महानिर्देशानय बनाउनु षडयन्त्र भएकोभन्दै त्यस्तो भएमा नेपाली कांग्रेसले प्रतिवाद गर्ने चेतावनी समेत दिनुभयो ।
सेना समायोजनको संख्याको वारेमा अहिलेनै यकिन नभएको भन्दैउहाले सेनमा नयाँ दरबन्दी सृजना गरेर सेना समायोजन गर्नुपर्ने पक्षमा आफ्नो पार्टिनभएको समेत स्पष्ट पार्नु भयो । उहाले भन्नुभयो- पहिला संख्या र योग्यता निर्धारण गरेपछी मात्र समयोजन हनुपर्दछ ।
नेता महतले राजनैतिक दलहरुबाट जातिगत आधारमा संघियता जाने भन्ने कुरा चलिरहेकोमा आपत्ति जनाउदै उहाँले काङग्रेसले जातिगत संघीयता नस्वीकार्ने बताउनु भयो ।
उक्त भेलामा बोल्दै पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले पार्टिलाई चुस्त दुरुस्त राख्नको लागि चुनौती रहेको बताउनु भयो । उहाले केन्द्रिय स्तरका नेताहरुको कारण पार्टि कमजोर भएको भन्दै राष्ट्रियता बाचेमा नेपाली कांग्रेस बाच्ने बताउनु भयो ।
नगर सभापती खेलराज पाण्डेको अध्यक्षतामा भएको भेलामा भेलामा नेपाली का्रग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारी पुर्व मन्त्री दुर्योधनिसंह चौधरी पुर्व विधायक सुर्य प्रसाद प्रधान जिल्ला उपसभापती मनोरमा सेरचन पुर्व जिल्ला सभापती बाबुराम राना क्षेत्रीय सभापती मत्रिका यादव राम बहादुर कार्की महासमिति सदस्यहरु युवराज गिरी सोमनाथ शर्मा लगायतले बोल्नुभएको थियो ।