माओवादीको युवा संगठन वाईसीएलमा कार्यरत लडाकूले दर्जा अनुसार पैसा पाउने

काठमाडौं । एकीकृत नेकपा माओवादीको युवा संगठन वाईसीएलमा कार्यरत लडाकूले दर्जा अनुसार पैसा पाउने भएका छन् ।

माओवादी पदाधिकारीहरुको आइतबार बसेको बैठकले वाईसीएलमा रहेका लडाकूहरुको दर्जा निर्धारण गर्ने र आर्थिक प्याकेज दिने निर्णय गरेको हो । दर्जा निर्धारण गर्ने जिम्मा स्थायी समिति सदस्य नेत्रविक्रम चन्द विप्लव र पोलिटब्युरो सदस्य जनार्दन शर्मा प्रभाकरलाई दिइएको छ । बैठकपछि सचिव सिपि गजुरेलले भन्नुभयो-