जेठ १४ भित्र संविधान नबने देशमा अकल्पनीय सङ्कट आउने राप्रपा पशुपति शमशेर जवराको भनाई


 

काठमाडौ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जवराले जेठ १४ भित्र संविधान नबने देशमा अकल्पनीय सङ्कट आउने भएकाले राजनीतिक दलहरुले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

रिपोटर्स क्लबको साक्षात्कार कार्यक्रममा बोल्दै जबराले भने- ‘जेठ १४ भित्र संविधान बनोस् भन्ने राप्रपाको चाहना हो तर नबने अल्पनीय सङ्कट आउँछ, राजनीतिक दलहरु संविधान बनाउनतर्फ लाग्नुपर्छ ।’

आगामी वैशाख मसान्तसम्म राप्रपा र राष्ट्रिय जनशक्ति पार्टी एकीकृत हुने जानकारी दिँदै अध्यक्ष जबराले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसँगको एकताबारे वार्ता अगाडि बढे पनि संवैधानिक राजतन्त्र र गणतन्त्रमा गएर रोकिएको उल्लेख गर्नुभयो । रासस