७२ वषीर्य चन्द्रबहादुर बने विश्वकै होचा


काठमाडौ, फाल्गुन १५ – दाङ पुरन्धाराका ७२ वषीर्य चन्द्रबहादुर डाँगी विश्वकै होचा व्यक्ति बनेका छन् । उनको तौल १४।५ किलो छ ।


नेपालबाट गिनिजबुकमा विश्वकै होचो व्यक्तिको रेकर्ड राख्ने डाँगी दोस्रा हुन् । यसअघि बाग्लुङका १८ वषीर्य खगेन्द्र थापा मगरले पनि त्यही किर्तिमानी पाएका थिए ।


बेलायतबाट आएको ुगिनिज बुक अफ दी वल्र्ड रेकर्डु का चार सदस्यीय टोलीले डाँगीको उचाई २१।५ इन्च ९५४।६ सेमि० भएको प्रमाणित गरेपछि उनी विश्वकै होचो व्यक्ति बन्न सफल भएका हुन् ।


यसअघि ुगिनिज बुक अफ दी वल्र्ड रेकर्डुले डाँगीभन्दा दुई इन्च अग्ला फिलिपिन्सका जुनरी बाल्विङ -२३।५ इन्च -५९।९ सेमी० लाई होचो व्यक्तिको प्रमाणपत्र दिएको थियो । बाल्विङ अघि उनीभन्दा तीन इन्च अग्ला खगेन्द्र थापा मगर विश्वकै होचो व्यक्ति बनेका थिए । गत जुनमा बाल्विङले मगरको किर्तिमान खोस्दै होचा व्यक्ति बन्न सफल भएका थिए । टोलीले लैनचौरस्थित ुसिविक क्लिनिक ट्राभल मेडिसिन सेन्टरुमा २४ घण्टामा तीन पटक उनको नाप लिएको थियो ।


नापजाँचपछि ुगिनिज बुक अफ दी वल्र्ड रेकर्डुले आइतबार नै डाँगीलाई विश्वकै होचो व्यक्तिको ुसर्टिफिकेटु दिएको छ । ढाकाटोपी, सेतो दौरा र स्टकोटमा सजिएका डाँगीले विश्वकै होचो व्यक्तिको प्रमाणपत्र पाएपछि सञ्चारकर्मीमाझ मुसुक्क मुस्कुराउँदै प्रसन्नता व्यक्त गरे ।


ुदेश, गाउँ, ठाउँको नाम राख्न पाएँ, यो मेरो गाउँ र देशकालागि ठूलो कुरा होु पर्यटनबोर्डमा पमाणपत्र पाएपछि गिनिजबुककै अधिकारीसमक्ष उनले भने, ुअब देश, विदेश घुम्न र संसारका मान्छेहरुसंग भेट्न चाहन्छु ।ु तामझामका साथ प्रमाणपत्र पाएपछि हौसिएका उनले पुराना गित ुपानको पात।।।।ु र ुछमछम नाचिदेउ निहुरेर।।।।ु बोलको गीत पनि सुनाए । त्यसो त मादल बजाउन पनि उनी खप्पिस छन् । उनको आवाज भने धेरै स्पष्ट छैन । प्रमाणपत्र दिएपछि ुगिनिज बुक अफ दी वल्र्ड रेकर्डुका प्रधान सम्पादक क्रेग ग्लेन्डीले गिनिज बुकको ५७ वर्षे इतिहासमा चन्द्र नै सबैभन्दा होचो व्यक्ति भएको बताए । ु७२ वर्षे बुढ्यौली उमेरमा होचोको रेकर्ड राख्ने पनि उहाँ नै होु उनले भने ।


अहिलेसम्म होचा मानिएका भारतको नयाँदिल्लीका गुल मोहम्मदको सन् १९९७ मा निधन भईसकेको छ । मोहम्मदको उचाईँ २२।५ इन्च थियो ।


डाँगीको नापका लागि ुगिनिज बुक अफ दी रेकर्डुका प्रधान सम्पादक क्रेग ग्लिन्डेसहित चार जनाको टोली शनिवार बेलायतबाट काठमाडौं आएको थियो । डाँगीलाई विश्वकै होचो व्यक्तिका रुपमा गिनिजबुकमा नाम लेखाउन दाङ पुरन्धाराका रामबहादुर विक र उनकै भतिजा दोलखबहादुर र यम पुन लागिपरेका थिए ।


उनको प्रवर्द्धनका लागि केही महिना अघि ुचन्द्रबहादुर डाँगी प्रतिष्ठानु स्थापना गरिएको थियो । गिनिजबुक रेकर्डको टोली काठमाडौं आउने भएपछि डाँगीलाई बुधवार दाङबाट काठमाडौं ल्याईएको थियो ।


प्रतिष्ठानका अध्यक्ष रामबहादुर विकका अनुसार डाँगीको जन्म १९९६ साल मंसीर १५ मा सल्यानको कालिमाटी गाउँमा भएको हो । बेलबहादुर डाँगीका पाँचौं छोरा ९राइँला० हुन् । उनका चार दाजु र एक भाइको उचाईँ भने औसत छ । उनका दुई दिदीको उँचाई पनि औशत नै छ ।


उमेरले सात दशक पार गरेपनि उनी अझैं स्वस्थ्य ९निरोगी० छन् । उनले एक पटक सिटामोलबाहेक मेडिकलको -अंग्रेजी० औषधी खाएका छैनन् र खान पनि मान्दैनन् ।


पुरन्धारा-८ रिमखोलीगाउँमा उनी काइँला दाईसंग धेरै समय बसे । काइँला दाइको निधन भएपछि उनी काँइला भाइकै छोरा -भतिजा०संग बस्छन् । केही वर्ष अघिसम्म भतिजाहरुका बालबच्चाको रेखदेख गर्ने, घरेलु काममा सहयोग गर्नेबाहेक उनको अरु काम थिएन ।


२०६३ सालदेखि भने उनलाई देशका विभिन्न स्थानमा हुने महोत्सव र कार्यक्रमहरुमा सहभागी गराउन थालियो । अहिले प्रतिष्ठान अध्यक्ष रहेका विकले नै उनलाई विभिन्न कार्यक्रममा सहभागी गराए । पहिलो पटक २०६३ सालमा तुलसिपुरमा उद्योग वाणिज्य संघले गरेको राप्ती महोत्सवमा उनलाई सार्वजनिक गरिएको विक सम्झन्छन् ।


२०६३ पछि वुटवल, प्युठान, रुकुम, बाँके, बर्दिया, टिकापुरलगायतका स्थानमा भएका मेला र महोत्वसमासमेत डाँगीलाई प्रदर्शनीमा राखिएको थियो । ुउहाँलाई हेर्न धेरै मान्छे आकषिर्त हुन्थेु अध्यक्ष विकले कान्तिपुरसित भने, ुउहाँले रेकर्ड तोड्नुभयो, हामी सफलताको शिखरमा पुग्न सफल भयौं, खुसी लागेको छ ।ु


उनले पुरानो शिक्षाको ५ कक्षासम्मको अध्ययन गरेको विक बताउँछन् । ुलेखपढ गर्न सक्नुहुन्छु उनले भने, ुआफ्नो हिसाब किताब आफैं राख्नुहुन्छ ।ु


उचाईँ कम भएकै कारण विहे नभएको उनले बताउने गरेका छन् । अब भने उनलाई घरजम गर्ने रहर छैन । ुबुढो भइयो अब के विहे गर्नु १ु उनी भन्छन् । पत्रपत्रिका नपढेपनि अहिले देशमा संविधान बनिरहेको उनलाई जानकारी छ । संविधानसभाको चुनावमा उनले पुरन्धारामै भोट दिन गएका थिए । संविधान बनाउन थालेको धेरै समय भईसकेपनि पूरा नभएको चिन्ता उनलाई पनि रहेछ । त्यही भएर उनको कामना छ, ुदेशमा संविधान बनोस्, देश र जनतालाई राम्रो होस् ।ु


एकरदुई दिनमा उनी पाँच जना सहयोगीसहित गिनिजबुकले दिएको प्रमाणपत्र बोकेर गाउँ फर्किनेछन् । दाङबाट काठमाडौं ल्याउने र फर्काउने जिम्मा गिनिज बुकले एएफपीका फोटो पत्रकार प्रकाश माथेमालाई दिएको थियो । उनी र टोलीलाई गिनिज बुकले राजधानीको एक होटलमा बसाएको छ ।