शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गरेको भन्दै शिक्षकहरुले आज दोस्रो दिन पनि देशभरका बिद्यालयमा पठनपाठन ठप्प पारेका छन् । ३५ सूत्रीय माग कार्यान्वयनको माग गर्दै शिक्षकहरुले देशभर प्रदर्शन गरेका हुन् ।
शिक्षक युनियन र शैक्षिक गणतान्त्रिक मञ्चको आह्वानमा देशभरका बिद्यालय बन्द गरिएको हो । आन्दोलन अन्तर्गत शिक्षकहरुले आज देशभरका जिल्ला शिक्षा कार्यालयमा धर्ना दिइरहेका छन् ।
शिक्षक संघ संगठनले पटक