नेपाल विद्युत प्राधिकरणले आजदेखि दैनिक एक घण्टाका दरले लोडसेडिङ घटायो

नेपाल विद्युत प्राधिकरणले आजदेखि दैनिक एक घण्टाका दरले लोडसेडिङ घटाएको छ । प्राधिकरणले जलायसमा पानीको मात्रा बढ्नुका साथै चुहावट नियन्त्रणका लागि गरिएका प्रयास प्रभावकारी भएको भन्दै लोडसेडिङ कटौती गरेको हो । अब सातामा ६८ घण्टा लोडसेडिङ हुनेछ ।

 

यसअघि सातामा ७५ घण्टा लोडसेडिङ हुँदै आएको थियो । विद्युत चुहावट हुने फिडरहरुमा भने थप ५ घण्टासम्म लोडसेडिङ गरिनेछ ।

नेपाल विद्युत प्रधिकरणले आजदेखि लागु हुने गरी लोडसेडिङको समय दैनिक एकघण्टा घटाएको छ । कटौती भएको समय तालिका अनुसार अब हप्तामा ६८ घण्टा मात्र लोडसेडीङ हुने छ । अब हप्तामा एक दिन ११ घण्टा, तीन दिन १० घण्टा र तीन दिन ९ घण्टा लोडसेडिङ हुने छ ।

 

अहिले हप्तामा ७५ घण्टा लोडसडिङ भईरहेको छ । कुलेखानीमा अझै प्रशस्त पानी रहेकाले चापको बेला विद्युत उत्पादन बढाउन सकिएको र चुहावट नियन्त्रणका अभियान प्रभावकारी रुपमा सञ्चालन भएकाले लोडसेडिङ घटाइएको विज्ञप्ति मार्फत प्राधिकरणले जनाएको छ ।

 

बिद्युत् चोरी हुने ठाउंमा भने दैनिक पांच घण्टासम्म थप लोडसेडिङ हुने तालिका पनि प्राधिकरणले सार्वजनिक गरेको छ । गत साता मात्र प्राधिकरणले दैनिक १ घण्टाको दरले लोडसेडिङ घटाएको थियो ।