प्रधानमन्त्रीद्धारा जारी शान्ति प्रक्रिया र संविधान निर्मार्णको कामलाई प्रभावित पार्ने गरी सरकार परिवर्तनको खेलमा नलाग्न आग्रह

काठमाडौ  । प्रधानमन्त्री डा बाबुराम भट्टराईले जारी शान्ति प्रक्रिया र संविधान निर्मार्णको कामलाई प्रभावित पार्ने गरी सरकार परिवर्तनको खेलमा नलाग्न दलहरुसँग आग्रह गरेका छन् ।


ललितपुर जिल्ला विकास समितिको २१ औं जिल्ला परिषदको उदघाटन कार्यक्रमलाई संबोधन गर्दै प्रधानमन्त्रीले शान्ति र संविधानको काम जारी रहेको र समय पनि एक दमै कम रहेको अवस्थामा सरकार परिवर्तनको खेलमा लागेर शान्ति र संविधान बन्न नसक्ने चेतावनी दिए । उनले शान्ति र संविधान अलपत्र परे आगामी जेठ १४ गतेपछि भयावह स्थिति सिर्जना हुने र त्यस्तो अवस्थामा केही पनि बाँकी नरहने प्रति सजग गराए ।


तीन महिनाभित्र शान्ति र संविधानको काम कुनै पनि हालतमा पुरा गर्नै पर्ने भन्दै फागुनभित्र संविधान निर्मार्णमा महत्वपुर्ण उपलब्धि हासिल हुने दावी गरे ।