_20120228110858.jpg&width=300&height=271)
निर्धारित समयमा संविधान निर्माण , संघीयताको खारेजी र स्थानीय निकाय निर्वाचनको माग गर्दै जनमोर्चाले बन्दको आह्वान गरेको हो । पूर्व पश्चिम राजमार्ग सहीत दुई अञ्चलका जिल्लाहरुमा यातायात, कलकारखाना, बजार शिक्षण सस्था वन्द रहेका छन् । प्रेस, मानवअधिकारकर्मी, एम्मबुलेन्स, दमकल जस्ता अत्यावश्यकीय सवारी साधन भने चल्न दिइएको आन्दोलन परिचालन समितीका सचिवालय सदस्य ईश्वरी भण्डारीले जानकारी दिए ।
बन्दले प्युठानमा यातायात ठप्प भएको छ । राजमोका कार्यक्रता बाग्दुला,बिजुवार लगायत चोकचोकमा बिहानैदेखि बन्द सफल पार्न निस्केका छन् । बन्द सफल पार्न सबैलाई आव्हान गदै ठाँउठाँउमा कार्यक्रता खटाइएको सचिब राम पहाडीले बताए । पे्रस, एम्बुलेन्स गाडि भने चल्न दिइएको छ । राजमोले बन्द सफलपार्न आव्हान गर्दै सोमबार बेलुका जिल्लाको भिंगृ, बिजुवार लगायत बरजार इलाकामा मसाल जुलुस पर्दशन गरेको थियो ।
बन्दले पहाडी जिल्ला पाल्पामा यातायात क्षेत्रलाई बढी प्रभावित बनाएको छ । यातायात बन्द भएपछि यस क्षेत्रकै जनजीवन प्रभावित बनाएको हो । पाल्पाबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधन छुटेका छैनन् । सिद्धार्थ राजमार्ग र तानसेन-तम्घास सडकमा समेत बिहानैदेखि सवारी गुडेका छैनन् ।
तानसेनबाट बाहिर जाने र बाहिरबाट तानसेन आउने सवारीका कुनै पनि साधन नचलेपछि यात्रुहरु अलपत्र परेका छन् । जनमोर्चाका कार्यकर्ताले सोमवार साँझ मसाल जुलुस गरेकाले पनि बन्द पुर्णरुपमा सफल भएको हो । जनमोर्चाका कार्यकर्ताले विहानैदेखि बजार बन्द गराउदै हिडेका छन् । पाल्पाका ग्रामिण सडकमा समेत यातायातका सवारी साधन चलेकाछैनन् भने पसल समेत नखुलेको जनमोर्चाले जनाएको छ ।
बुटवल र आसपासका क्षेत्र बन्दले पूर्णरुपमा प्रभावीत भएका छन् । बिहानैदेखि जनमोर्चाका कार्यकर्ता सडकमा उत्रेर प्रद्धर्शन गरेपछि पुर्वपश्चिम तथा उत्तरदक्षिण सिद्धार्थ राजमार्गमा कुनैपनि सवारीका साधन चलेका छैनन् भने भीत्री तथा हुलाकी सडकमा पनि सवारीका साधन ठप्प छन् । – कान्तिपुर



