काठमाडौ – शिक्षकहरुले आफ्ना माग पूरा गराउन आह्वान गरेको शैक्षिक संस्था हडतालका कारण दुई दिनदेखि बन्द भएका निजी तथा सामुदायिक विद्यालय आजदेखि खुलेका छन् ।
शिक्षा मन्त्रालयले आन्दोलनका कार्यक्रम स्थगित गरी वार्तामा आउन शिक्षक सङ्घसंस्थालाई आग्रह गरेपछि बन्द फिर्ता लिएको बताइएको छ ।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, शैक्षिक गणतान्त्रिक मञ्च, नेपाल शिक्षक युनियनलगायत शिक्षक सङ्गठनले विभिन्न ३५ सूत्रीय माग राख्दै तीन महिनादेखि विभिन्न चरणका आन्दोलन गर्दै आएका छन् ।
उनीहरूले सरकारसँग विगतमा भएका सम्झौता कार्यान्वयन गरिनुपर्ने, अस्थायी शिक्षकलाई प्रक्रिया पु



