– कृष्ण खनाल
बुटवल फागुन १६। संघीयताको खारेजी स्थानीय निकायको निर्वाचन तथा निर्धारित समयमा संविधान निर्माण हुनुपर्ने भन्दै दबाब स्वरुप राष्ट्रिय जनमोर्चाले आब्हान गरेको लुम्बिनी-राप्ती अाचल बन्दले बुटवल र यस आसपासको क्षेत्रको जनजिवन पूर्णरुपमा प्रभावित भयो । संघीयताका कारण समयमा संविधान बन्न नसकेको र अब बन्न सक्ने सम्भावना पनि न्युन रहेको बताउँदै राजमोले दबाव स्वरुप बन्द आब्हान गरिएको राजमो रुपन्देहीका अध्यक्ष बद्री आलमले जनकारी दिए ।
बन्दका कारण यस क्षेत्रका बजार उद्योग शैक्षिक संस्था यातायात पुर्ण रुपले बन्द रहे । बन्द आयोजकहरुले बन्दमा प्रेस एम्बुलेन्स शब बाहन दुधबोक्ने गाडी मानव अधिकारकर्मीका गाडीलगायतका अत्यावश्यक सवारी साधनलाई कुनै रोकतोक गरेका थिएन्न ।
बन्दका कारण यस क्षेत्रबाट छुटने लामो तथा छोटा दुरकिा कुनैपनि सवारी साधन नचल्दा लामो यात्रामा रहेका यात्रुहरुले कष्ट बेहोर्नु परेको छ । यस्तै जिल्लाका दुई ठुला शहर बुटवल भैरहवालगायत ग्रामिण क्षेत्रका देवदह मुर्गिया मणिग्राम फसा्रटीकर लगायतका बजारहरु पनि पुर्णरुपमा बन्द रहे ।